काठमाडौं । पूर्वअर्थमन्त्री डा.प्रकाश शरण महतले भन्सारमा देखिएका समस्याहरु समाधान गर्नुपर्ने बताएका छन्।

आइतबार अर्थ समितिको बैठकमा बोल्दै उनले कृषिजन्य वस्तुमा देखिएको भन्सार सम्बन्धि समस्या अर्थ मन्त्रालय र भन्सार विभागले समन्वय गरेर समस्याको समाधान गर्नुपर्ने बताएका हुन्।

उनले भने, ‘भन्सारमा देखिएका समस्याहरु समाधान गर्नुपर्ने देखिन्छ । कृषिजन्य वस्तु, भारतबाट आयातको कुरा गर्न, अन्तर्राष्ट्रिय सन्धि सम्झौंतामा हस्ताक्षर गर्न हौसिन्छौं । हौसिने जुन प्रकृति छ त्यसमा धेरै नै विचार पुर्याउनुपर्नेछ । भन्साररहित भनेर त हस्ताक्षर तर गर्यौं तर त्यो पालना गरेको पाइँदैन् । नेपालले मात्र अरु देशको आयातमा मात्रै छुट दिनुपर्ने अवस्था आयो।’

यसैगरी उनले  भन्सार सम्बन्धी प्रक्रियागत हिसावले अगाडि जानुपर्ने बताए । उनले  भन्सारमा सबै  सदस्य राष्ट्रहरुले सहमत नभइसकेपछि नेपालले मात्र भन्साररहित भनेर छाप गर्न उचित नहुने बताए।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता स्वर्णिम वाग्लेले भन्सारको व्यवस्थापनमा सरकार बढी जिम्मेवार हुनुपर्ने बताए। सरकारले कस्टम रेटमा ख्याल नगर्दा विचौलियाको प्रभाव हुने गरेको औंल्याए।

सांसद ज्ञानेन्द्र शाहीले क्वारेन्टाइनको नियमन सरकारले गर्नुपर्ने भएकाले यसलाई विधेयकमै लेख्न आग्रह गरे। भारतीय भन्सार नेपाली उत्पादनलाई दुःख दिने गरेको बताए। अर्थ समितिका सभापति सन्तोष चालिसेले विधेयकमाथि छलफल गर्न विभिन्न क्षेत्रका सरोकारवालाहरुसँग छलफल गर्ने बताए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको