काठमाडौं । नेपाली कांग्रेसले माघ २ गते “विद्यालय शिक्षा विधेयक र सरोकार“ विमर्श कार्यक्रमको आयोजना गर्नेे भएको छ। आइतबार सूचना जारी गर्दै कांग्रेसले शिक्षा नीति बहस अन्तर्गत, माघ २ गते बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयको सभाहलमा “विद्यालय शिक्षा विधेयक र सरोकार“ विमर्श कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिएको हो।

सूचनामा भनिएको छ,अहिले संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयकलाई यथासिघ्र टुंगोमा पुयाउन राजनीतिक सहमति निर्माण गर्न आवश्यक छ। विधेयकमा रहेका जटिलताहरूलाई सम्बोधन गर्दै यसलाई अझ प्रभावकारी बनाउने दिशामा विज्ञ र सरोकारवालाको अमूल्य राय र सुझावको आवश्यकता रहेको छ। त्यसै सन्दर्भमा शिक्षा नीति बहस अन्तर्गत, २ माघ २०८१ बिहान ११ः३० बजे, नेपाली कांग्रेस केन्द्रीय कार्यालयको सभाहलमा “विद्यालय शिक्षा विधेयक र सरोकार“ विमर्श कार्यक्रम आयोजिना गरिने छ’

शिक्षा प्रणाली र यसका आयाममा विश्वव्यापी परिवर्तन भइरहेका बेला नीति र प्राथमिकतामा पनि रुपान्तरण महसुश गरेको कांग्रेसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर