काठमाडौं । नेकपा माओवादीका उपमहासचिव एवम पूर्वमन्त्री शक्ति बहादुर बस्नेतले नेपाल एकीकरणको अपूर्णतालाई नेपालमा भएको पछिल्लो ‘जनक्रान्ति’ले पूर्ण गरेको बताएका छन्। बिहीबार पृथ्वी नारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘नेपालको एकीकरण तत्कालको समयका लागि बस्तुगत आवश्यक्ता थियो। त्यसका केही सीमाहरु थिए । तर ति सीमालाई पूर्ति गर्ने काम पछिल्लो समय नेपालमा भएको ‘जनक्रान्ति’ले गरेको छ। त्यसबेला अलिकति केन्द्रिकृत र एकात्मक चरित्र बन्न पुग्यो राज्यको। नेपाली समाजको बस्तुगत अवस्था र सामाजिक परिवेश, त्यसको ऐतिहासिक पक्ष, त्यसको रिल्फेक्सन हाम्रो राज्यको स्वरुप र चरित्रमा हुनुपर्ने थियो।
राज्यको स्वरुप र चरित्रमा इतिहासको रिल्फेक्सन ठिक ढङगले हुन नसकेको अवस्था थियो। जसका कारण केही सीमा र अपूर्णता थिए । त्यसलाई नेपाली जनक्रान्तिले पूर्णता दिने काम गरेको छ।’
उनले इतिहासलाई इतिहासकै चेतनाबाट अध्ययन गरिनुपर्ने र बर्तमानलाई बर्तमान कै आवश्यकताबाट अध्ययन गरिनुपर्ने बताए।

