काठमाडौं । सक्रिय संचारकर्मी एवम नेपाल न्यूज बैंकका समाचार सम्पादक युवराज गौतम सम्मानित भएका छन् । नेपाल ज्योतिष परिषद्को २७ औं वार्षिकोत्सव समारोहका अवसर पारेर गौतमलाई सम्मान गरिएको हो ।

नेपाली कला, संस्कृति, धर्म एवम पर्यटन क्षेत्रको प्रवद्र्धन एवम संस्थागत सहयोग पुर्याएवापत गौतमलगायत विभिन्न विधाका व्यक्तिहरुलाई सम्मान गरिएको हो । पशुपतिनाथ मन्दिरका मुलभट्ट रावल गणेश भट्टले गौतमलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन्।

गौतमसहित विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरुलाई सम्मान समेत गरियो। सम्मानित हुनेहरुमा प्राडा धनेश्वर नेपाल, डा.दण्डपाणी अर्याल, लेखनाथ न्यौपाने, दामोदर जोशी, संचारकर्मी सुर्य अर्याललगायत छन्। पूर्वी नेपालको इलाममा जन्मिएर २०६० सालमा स्थानीय पावन भूमि साप्ताहिकको वितरक हुँदै पत्रकारिता सुरु गरेका गौतमले दार्जिलिङ र इलामबाट स्पेसटाइम दैनिक र च्यानल नेपालको रिर्पोटर, कान्तिपुरको साप्ताहिकमा संवाददाता, भावी नेपाल साप्ताहिकको उपसम्पादक, इमेज च्यानलमा डेक्स सम्पादक हुँदै अर्थबजार डटकमको सम्पादकको जिम्मेवारी समेत सम्हालिसकेका छन्।

गौतम हाल नेपालकै लोकप्रिय समाचार एजेन्सी नेपाल न्यूज बैंकको समाचार सम्पादकको भूमिकामा छन् । यसअघि कात्तिकको अन्तिम साता नेपाल युवा परिषद्ले गौतमलाई ‘नेसनल जर्नालिजम एक्सिलेन्स अवार्ड–२०२४’ बाट सम्मानित गरेको थियो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको