काठमाडौँ । चीनमा गएको भूकम्पमा परी मृ*त्यु हुनेको संख्या ३६ पुगेको छ। मंगलबार बिहान गएको भूकम्पमा परी ३६ जनाको मृत्यु भएको चिनियाँ समाचार संस्था सीजीटीएनले जनाएको छ।
नेपाल–चीन सीमाना तिब्बतको दिंगे कान्टीमा केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको हो। काठमाडौं उपत्यकालगायत आसपासका जिल्ला तथा तराई मधेशका भू–भागमा पनि भुकम्पको धक्का महसुस भएको थियो।



