काठमाडौं : नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले केन्द्रीय सदस्य प्रेमिका रानामगरलाई कारवाही गर्न माग गरेका छन् । उनले मगरका गतिविधि अराजक भएकाे, संगठनकाे लेटरप्याडकाे दुरूपयाेग गरिएकाे र संगठनकाे छवि धुमिल पार्न खाेजेकाे भन्दै कांग्रेस अनुशासन विभागसँग छानविन र कारवाही माग गरेका हुन् । मगर कांग्रेस नेता शेखर काेइराला समुहबाट केन्द्रीय सदस्य बनेकी हुन् ।
मगरले शुक्रबार नै विज्ञप्ति जारी गरेर जय नेपाल कपकाे नाममा आर्थिक अनियमितताकाे आराेप लगाएकी थिइन् । अध्यक्ष शेर्पाले साे आराेपमा सत्यता नभएकाे भन्दै आफ्नाे कमजाेरी भेटिए कारवाही भाेग्न तयार रहेकाे बताएका छन् । आफुु संगठन सञ्चालनमा पारदर्शितामा प्रतिवद्द रहेकाे र संगठनकाे लेखा परिक्षणकाे विवरण पार्टीलाई बुझाएकाे पनि जनाएका छन् ।
नेविसंघभित्र शेखर पक्षधर नेविसंघका विद्यार्थीहरूले समानान्तर गतिविधि गर्दै आएका छन् ।
हेर्नुस् पत्र




