एजेन्सी । जर्मनीको क्रिसमस मार्केटमा तीव्र गतिको कारले ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको छ । दुई सय जना घाइते भएका छन्।

जर्मनीको म्याग्डेबर्ग क्षेत्रमा रहेका पसलहरूबीचको साँघुरो गल्लीमा कार तीव्र गतिमा गुडिरहेको र धेरै जनालाई ठक्कर दिएको सीसीटीभीप्लसले जनाएको छ। शनिबार राति उक्त स्थानमा मृतकको सम्झनामा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ।

घट्नाका विषयमा स्थानीयले नियोजित भनेका छन्। आक्रमण जानाजानी भएको हुनसक्ने आशंका गरिएको छ। केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ। घट्नापछि जर्मनीभर क्रिसमस बजारहरूमा सुरक्षा बढाइएको छ। म्याग्डेबर्ग शहरका अधिकारीहरूले ‘म्याग्डेबर्गमा क्रिसमस सकियो’ भनेका छन् ।

घटना १६ डिसेम्बर २०१९ मा भएको दुखद आक्रमणको प्रतिध्वनिका रुपमा लिइएको छ । त्यसबेला एक आतंकवादीले बर्लिनको क्रिसमस बजारमा ट्रकले हानेको थियो, जसमा १२ जनाको मृत्यु भएको र ७० भन्दा बढी घाइते भएका थिए । अपराधी भागेर इटाली पुगेका थिए, जहाँ उनलाई प्रहरीले गोली हानेर मारेको थियो।(सीसीटीभीप्लस)

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर