झापा : उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारकाे प्राथमिकता राजनीतिक स्थिरताकाे जगमा आर्थिक समृद्दि भएकाे बताउनुभएको छ । आज झापाकाे दमकमा नेपाली कांग्रेस दमक नगर समितिकाे कार्यालयमा आयाेजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
उहाँले राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धि रक्षा गर्न सरकारले आर्थिक समृद्धिमा जाेड दिएकाे प्रष्ट पार्नुभयाे । उपप्रधानमन्त्री सिंहले जनताकाे करबाट बनेका ठुला संरचना लामाे समय प्रयाेगमा नआउँदा विग्रने भन्दै उहाँले बनेकाे संरचना प्रयाेगमा ल्याउनुपर्नेमा जाेड दिनुभयाे । धरहरा, दमककाे बिजनेस कम्प्लेक्स र बुटवलकाे सभा हललगायतका विशिष्ट संरचना संचालनका लागि सरकारले विशेष ध्यान दिइरहेकाे भन्दै ती संरचनाले आर्थिक गतिविधि बढाउने विश्वास व्यक्त गर्नुभयाे ।
फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले नेपाली कांग्रेसकाे अहिलेकाे समस्या पार्टी व्यवस्थापन रहेकाे भन्दै पार्टीलाई एकतावद्द बनाउनुपर्नेमा जाेड दिनुभयाे । पटक पटककाे आन्दोलनबाट प्राप्त उपलब्धी रक्षा गर्नका लागि पनि कांग्रेस पार्टीलाई ठिक ठाउँमा हिँडाउनुपर्ने उहाँकाे भनाई थियाे ।

