जेपी गुप्ता / कार्तिक २६ गते, आज क्रान्ति दिवस हो। आजकै दिनमा नेपाली कांग्रेसको ऐतिहासिक बैरगनिया सम्मेलन भएको थियो। रौतहट जिल्लाको भारतीय सिमानातिरको बैरगनिया भन्ने सानो सहरमा आयोजित सम्मेलनमा नेपाली कांग्रेस पार्टीले ०७ सालको सशस्त्र क्रान्ति गर्ने निर्णय लिएको थियो। यही ऐतिहासिक दिनको सम्झनालाई जीवन्त राख्न क्रान्ति दिवस भनी मनाउन थालिएको हो। तर, पछिल्ला वर्षहरूमा भने नेपाली कांग्रेसले कहिल्यै श्रद्धाका साथ यसदिनको स्मरण गरेको मलाई थाहा छैन। नेपालका प्रजातान्त्रिक आन्दोलनमा आफूलाई श्री सुवर्ण शमसेरको सान्निध्यमा रहेका ठान्नेहरूले यस दिनलाई निकै पछिसम्म उहांको स्मृति दिवसको रूपमा मनाई आएका थिए। तर, आज भोलि यो स्मृति पनि लुप्तप्रायः नै छ। मैले आजको दिन स्व. गजेन्द्र नारायण सिंहलाई संझिनु पर्ने हुन्छ। आफ्नो जीवनको अन्त्म समयसम्म पनि उहाँले राजबिराजमा सूवर्ण जीको स्मृतिमा कार्तिक २६ गतेलाई “क्रान्ति दिवस” भनी मनाउदै आउनु भएको थियो।
सन् १९७७ को कार्तिक महिनामा भारतको पटनामा आयोजित तत्कालिन प्रतिबन्धित नेपाली कांग्रेसको सम्मेलनमा भागलिन गएका बखत प्रायः सबै ठूला नेताबाट सुवर्ण शमसेरको महिमा सुनेको थिए। सन् १९७६ को डिसेम्बरमा बीपी कोइराला र गणेशमान सिंह राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर भारत प्रवास त्यागी स्वदेश आउनुभएको थियो। पछि थुनामा बीपी कोइरालाको स्वास्थ्यमा निकै गिरावट आएपछि विश्व जनमतका दबावका कारणले राजा वीरेन्द्रको आदेशबाट उहांलाई स्वास्थ्योपचारकालागि संयुक्त राज्य अमेरिका पठाइएको थियो।
पछिल्ला वर्षहरूमा भने नेपाली कांग्रेसले कहिल्यै श्रद्धाका साथ यसदिनको स्मरण गरेको मलाई थाहा छैन। नेपालका प्रजातान्त्रिक आन्दोलनमा आफूलाई श्री सुवर्ण शमसेरको सान्निध्यमा रहेका ठान्नेहरूले यस दिनलाई निकै पछिसम्म उहांको स्मृति दिवसको रूपमा मनाई आएका थिए। तर, आज भोलि यो स्मृति पनि लुप्तप्रायः नै छ। मैले आजको दिन स्व. गजेन्द्र नारायण सिंहलाई संझिनु पर्ने हुन्छ। आफ्नो जीवनको अन्त्म समयसम्म पनि उहाँले राजबिराजमा सूवर्ण जीको स्मृतिमा कार्तिक २६ गतेलाई “क्रान्ति दिवस” भनी मनाउदै आउनु भएको थियो।
त्यहांबाट फर्कने क्रममा नेपाल पुगेपछि पुनः जेलमा बस्नुपर्ने निश्चित नै भएको हुनाले साथीहरूसंग भेटघाट तथा पार्टीको भावी दिशा निर्देशका लागि पटनामा नेपाली कांग्रेसको सम्मेलन बोलाइएको थियो। यसैक्रममा सम्मेलन पछि बीपी पटनाबाट कलकत्ता जानु भई लगभग मृत्युशय्यामा रहनुभएका सुवर्ण जीलाई भेट्नु भएको थियो। त्यतिञ्जेलसम्म सुवर्ण शमसेर नै पार्टको कार्यवाहक सभापति हुनुहुन्थ्यो। यही भेटको क्रममा सुवर्ण शमसेरले आफ्नो जिम्मामा रहेको पार्टी कार्यवाहक सभापतिको दायित्व मूल सभापति बीपीलाई सुम्पनुभएको थियो। र, यही पटना सम्मेलनमा बीपीले श्री कृष्णप्रसाद भट्टराईलाई पहिलो पटक पार्टीको कार्यवाहक सभापतिको घोषणा गर्नुभएको थियो। पछि पटनाबाट विमानमा काठमाडौं आउने क्रममा गिरिजाप्रसाद कोइराला तथा परशुनारायण चौधरीलाई महामन्त्री तोक्नुभएको थियो। जीवनपर्यन्तका अनन्यतम साथी बी।पी।लाई आफूसंग रहेको दायित्व सुम्पिदाको बखतको संवेदनशीलता र भावुकपन त्यसक्षणका साक्षीहरूले हामीलाई बताएका थिए। कस्तो संयोग पटनाबाट बी।पी। नेपाल फर्कनुभएको लगत्तै मैले पटनाबाट प्रकाशित हुने सर्चलाइट अखवारमा एउटा दुःखद समाचार पढेको थिए, सुवर्ण शमसेरको कलकत्तामा निधन भयो। नोभेम्बर महिनाको ९ तारेखका दिन उहांको निधन भएको थियो।
पंचायति व्यवस्था थियो मुलुकमा, राजा बिरेन्द्रको शासन थियो। सूवर्ण जीको परिवारले तथा नेपाली काँग्रेस पार्टीले उहाँको अस्तु नेपाल ल्याई पशुपतिको बागमती नदीमा सेलाउन चाहदाँ अनुमति दिईएन्। उहाँ सूवर्ण जीको सायद आजको दुई दिन पहिलेको दिनमा कतै उहांको स्मृति हराएको छ ।
(पूर्वमन्त्री, पूर्व कांग्रेस नेता गुप्ता कांग्रेसको इतिहासबारे राम्रो जानकारी राख्ने नेतामध्येमा हुनुहुन्छ)




