
रविलाई मात्र थुन्ने ? उहाँ भाग्ने मान्छे हाे ?
घण्टी मित्रहरू कानुन नबुझेझै गरेर यसाे भनिरहेका छन्। सत्य के हाे त ? रविभन्दा अगाडि सहकारी ठगि प्रकरणमा ६ सय भन्दा बढी पक्राउ परेका छन्।
रवि दाेषी भइसकेका छैनन्, हाल न्यायीक अनुसन्धानकै क्रममा छन्। प्रहरीले अनुसन्धान गरिरहेकाे छ। अन्य आराेपीमाथि जसरी अनुसन्धान हुन्छ (हिरासतमा राख्न अदालतकाे अनुमति) त्यसै गरि।
तर, अरू सबै अनुसन्धानमा सघाइरहेका छन्। ‘जान्नेलाई छान्ने’ घण्टी मित्रहरू यसरी पाेखराकाे सुन्दर माहाेल खराब गरिरहनु भएकाे छ। टायर बाल्न शुरू भएकाे छ। छुद्र उहीँ पुरानै नारा भट्याइरहनुभएकाे छ।
हेर्नुस्, साथीहरू कानूनले ढिलाई गर्ला तर, उन्मुक्ति दिँदैन दाेषीमाथि। नपत्याए, खुमबहादुर, गाेविन्दराज, बालकृष्ण, टाेपबहादुर हेर्नुस्। कति पुरानाे मुद्दामा दिपक मनांगे ताजा उदाहरण छन्। कानूनलाई काम गर्न दिनुस्, भिडतन्त्रमा लगेर लामिछाने छुटाउने दिवासवप्न छाडिदिनुस्। ड्यू प्राेसेस´ पूरा गर्न समय लाग्छ नै, हाम्राे दाईलाई विशेष´ हुनुपर्छ भन्नुकाे खास अर्थ हाेला र मित्रहरू ?
रविकै कारण रास्वपा बनेकाे सत्य हाे। विदेश जान कन्सल्टी कुदिरहेका बेला, एनजीओ, म्यानपावर चलाईरहेका बेला, अन्य पार्टीमा सक्रिय रहेका बेला तपाईं धेरैकाे कल्पनाभन्दा बाहिरकाे सांसद, मन्त्री पदकाे विधाता रवि बनेकाे सत्य हाे। रवि नभए हाम्राे भाेलि के हाेला ? भन्ने साेचेर अत्यास लाग्दा बर्बराउनु, चिच्याउनु, रूनु, कराउनु, उफ्रिनु सामान्य लक्षण हाे मानवीय रूपमा। तर, सम्हालिनुस घण्टी मित्रहरू। बज्छ भनेर जतिबेला जहाँ पनि घण्टी बजाएकाे सुमधुर सुनिन्छ र ?
न्यायीक प्रक्रिया जारी छ, सहकारी ठगीकाे अनुसन्धान हुँदैछ। दाेषी भए कारवाही हाेला, निर्दाेष भए सफाइ पाउलान्। घाँटी बचाउँदै ठिक हाेला । पाेखरामा ध्वनी प्रदूषण बन्द गर्नुस्, याे कर्कश बन्द गर्नुस्।
(पत्रकार दुलाल अधिवक्तासमेत हुन्)