काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको गौशाला खाली गर्ने कार्य अर्को निर्णय नभएसम्मका लागि रोक लगाउन निर्देशन दिएको छ । बिहिवार मन्त्रालयले पत्र पठाउँदै शान्ति सुरक्षामा समस्या उत्पन्न भएको भन्दै पत्र पठाएर गौशाला खाली गर्ने कार्य रोक्न भनेको हो ।
कोषले असोज २३ गते गृहमन्त्रालयलाई शान्ति सुरक्षा व्यवस्था मिलाइदिन माग गर्दै पत्राचार गरेको थियो । पशुपति क्षेत्र विकास परिषद्को असोज २० गते बसेको बैठकको निर्णयअनुसार पठाइएको पत्रले हाल उत्पन्न परिस्थितिले पशुपति क्षेत्रमा शान्ति सुरक्षामा समस्या उत्पन्न भएको बुझिएकाले अर्को निर्णय नभएसम्म उक्त क्षेत्र खाली गर्ने प्रक्रिया रोक्न निर्देशन दिएको हो ।
बिहान गौशाला खाली गर्न गएको काठमाडौं महानगरपालिकाको स्काभेटर नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो ।




