काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला सरकारले प्रभावकारी काम गरेको बताएका छन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले अहिले सरकारले काम गरेन भनेर विरोधका लागि विरोध मात्र गरिएको पनि बताए ।

‘विरोधका लागि विरोध होला तर सरकारले तत्काल गर्न सक्ने काम सरकारले गरेको छ’, प्रधानमन्त्रीले भने, ‘उद्धार र राहतको काम सरकारले तत्काल पुर्‍याएको छ ।’ उनले आफू बाहिर हुँदा पनि घटनाबारे जानकारी लिएको भन्दै आवश्यक निर्देशन समेत दिएको बताए । उनले यस्तो संवेदनशील बेलामा सबै मिलेर नागरिकको पीडामा जुट्नुपर्ने पनि बताए ।

उनले बाढी आउने कुरालाई रोक्न नसकिने बताए । ‘बाढी र पहिरो आउने कुरा पूर्वसूचना गरेर जाँदैन । गएपछि क्षति पुर्‍याउने नै हो । सरकारले राहत र उद्धारको काम गरेको छ । मैले बाहिर हुँदा पनि जानकारी लिएको छु । सरकारले आफ्नो बुताअनुसार गरेको छ । विरोधका लागि विरोध होइन । सबै मिलेर अघि बढ्नु आवश्यक हुन्छ ।’

उनले सरकारले उद्धार, राहत र पुनर्निर्माणमा अब प्रभावकारी बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको