काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विपत्तिको बेला विरोधका लागि विरोध नगरी उद्धार, राहत र पुनर्निर्माणमा तीव्रता दिइने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी भई आज स्वदेश फर्किएपछि विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारी निकाय र जनस्तरबाट उद्धारको कार्य भइरहेको भन्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘सरकार यहाँहरूकै हो । यस विपद्को घडीमा सक्दो सहयोग र राहत पुर्‍याउने कार्यमा सरकारले कुनै कसर बाँकी राख्ने छैन भन्ने विश्वास दिलाउन चाहन्छु ।’ उनले बाढी आउने कुरालाई रोक्न नसकिने पनि बताए । ‘बाढी र पहिरो आउने कुरा पूर्वसूचना गरेर जाँदैन । गएपछि क्षति पुर्‍याउने नै हो । सरकारले राहत र उद्धारको काम गरेको छ । मैले बाहिर हुँदा पनि जानकारी लिएको छु । सरकारले आफ्नो बुताअनुसार गरेको छ । विरोधका लागि विरोध होइन । सबै मिलेर अघि बढ्नु आवश्यक हुन्छ ।’

उनले सरकारले उद्धार, राहत र पुनर्निर्माणमा अब प्रभावकारी बनाउने बताए ।

प्रधानमन्त्री ओलीले मौसम विज्ञान विभागले वर्षाको अनुमान गरे पनि पहिरोको अनुमान नभएको बताएका छन् । पूर्वानुमानमा वर्षा भारी हुनेबारेमा सरकारको तयारी के थियो भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले रेड अलर्ट जारी भएको, तर कहाँ कहाँ पहिरो जान्छ कुनै पूर्वजानकारी नभएको बताए ।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको