काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले आज पक्राउ नगर्ने भएको छ । प्रहरी उच्च स्रोतका अनुसार रविलाई चाँडै पक्राउ गर्ने तयारी छ ।
उनलाई जिल्ला अदालत पोखराबाट पक्राउ पूर्जि लिएर पक्राउ गरिने बताइएको छ । गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीलाई भने जरुरी पक्राउ पूर्जि थमाएर पक्राउ गरिएपनि रविलाई भने अदालतबाट अनुमति लिएर नै पक्राउ गरिने प्रहरीले बताएको छ ।

