काठमाण्डौ । प्रतिनिधीसभाका उपसभामुख इन्दिरा राना रुसी महासंघको पाँच दिने औपचारिक भ्रमण सकेर शनिवार साँझ स्वदेश फर्कनु भएको छ ।
रसियाको सेन्टपिर्टसवर्ग शहरमा भएको चौथो यूरेशियन महिला फोरममा सहभागी भएर उपसभामुख राना स्वदेश फर्कनु भएको हो ।
रुसी महासंघ र स्वतन्त्र राज्यहरुको राष्ट्रमण्डलको अन्तरसंसदीय विधानसभाको आयोजनामा असोज २ देखि ४ गते–सेप्टेम्बर ९१८–२००सम्म चौथो यूरेशियन महिला फोरम सञ्चालन भएको थियो ।
उपसभामुख रानाले उक्त फोरमलाई असोज २ गते सम्बोधन गर्नुभएको थियो। सम्बोधनका क्रममा उहाँले महिला तथा बालबालिकाको अधिकार उपभोगमा देखिएका चुनौती तथा प्रविधीको प्रयोगबाट आएका बिकृती रोक्ने बिषयमा आफ्ना धारणा राख्नुभएको थियो ।उपसभामुख राना फोरममा सहभागी हुन असोज १ गते रसिया प्रस्थान गर्नुभएको थियो ।




