काठमाडौं । नेपाली कांग्रेसका संस्थापक एवं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २७ औँ स्मृति दिवस मनाइएको छ । दिवसको अवसरमा बुधबार बिहान शोभाभगवतीमा अवस्थित गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ ।
उपप्रधान एवं शहरी विकास मन्त्री सिंह पुत्र प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो । उहाँले नागरिकलाई अधिकार सम्पन्न सिंहले १५ वर्ष भन्दा बलामो जेल जीवन विताएको र कसैसँग सम्झौता नगरेको बताउनुभयो ।
‘नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि र प्रजातन्त्र स्थापनापछि तत्कालिन राजाले कू गरेपछि प्रजातन्त्र पुनस्थापनाका लागि नेतृत्व गरेको नेताका रुपमा हामी गणेशमान सिंहलाई सम्झन्छौं,’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो,‘ ६ दशकभन्दा लामो सक्रिय राजनीतिमा उहाँले राणा र पञ्चायतका बेला१५ वर्ष जेल र अर्को १५ वर्ष निजर्वासनमा बिताउनुभयो । यसबाट देशमा जनतालाई सार्वभौमसत्तासम्पन बनाउन, अधिकारसम्पन्न बनाउन उहाँको प्रतिवद्धता र समर्पण कति थियो भनेर हामी भन्न सक्छौं ।’
१९९७ सालदेखि नै राणा शासन अन्त्यका लागि प्रजा परिषद्को सदस्यका रुपमा सक्रिय रहेका सिंहलाई ०४६ सालको जनआन्दो्लन सफल भएपछि प्रधानमन्त्री बन्न प्रस्ताव गर्नुभएपनि अस्विकार गर्नुभएको थियो । उहाँले अहिले राजनीतिमा कुर्सीको होड चलिरहेपनि गणेशमान सिंहले आफूलाइ नभई देश र जनतालाई केनद्मा राखेर राजनीति गरेको पाठ गणेशमानको जीवजीबाट सिक्न सकिने बताउनुभयो । प्रजातन्त्र पुनस्र्थानापछि सिंहले कांग्रेस नेतृत्वकै सरकारलाई पनि खबरदारी गरेको स्मरण गर्नुभयो । ‘०४६ पछि प्रजातन्त्र पुनस्थापना सबैको प्रयासले भएको हो । त्यसैले सबैलाई समावेश गर्नुपर्छ । कुनै विशेष वर्षलाई मात्र होइन ४ जात ३६ वर्षको नेपाल हो । नीति निर्माण गर्ने थलो देखि राजनीतिक नियुक्तिमा सम्म राज्यका निकायहरुमा अवसर नपाएकाहरुलाई समावेश गर्नुपवर्छ भनेर समावेशीताको कुरालाई त्यतीबेलै जोड दिनुभएको कुरालाई हामीले ख्याल गर्नुपर्छ । ’
विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मनुभएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मिएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनुभएको थियो ।




