विराटनगर : महेन्द्र मोरङ आदर्श बहुमुखी ब्याम्पसविरुद्ध मुद्धा दायर भएको छ । विद्यार्थी अंकित पोखरेल समेतले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्ववियुको सहयोगमा मुद्दा दायर गरेका हुन् ।
त्रि।वि।को कार्यकारी परिषदको निर्णय, व्यवस्थापन संकायद्वारा जारी गरिएको कार्यविधि तथा क्याम्पस समिति स्वयमले छात्रवृति पाउने विद्यार्थीबाट अन्य शुल्कको हकमा जम्मा ५ प्रतिशत रकम मात्र असुल उपर गर्ने गरि निर्णय गरेकोमा क्याम्पसले बिबिएम कार्यकममा सो व्यवस्था कार्यन्वयन गरि सो कार्यक्रममा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । तर, विबिए कार्यक्रममा अध्ययनरत रिट निवेदकको हकमा चाँही सो निर्णय तथा कार्यविधि कार्यन्वयन नगरी असमान व्यवहार गरि गैरकानुनी तवरले अत्यधिक शुल्क उठाइएको रिटमा जिकिर गरिएको छ ।
नँया क्याम्पस प्रमुख आएपछी लागु गरिएकाले पहिलो तिरेको रकम पनि फिर्ता माग्दै उक्त बिषयलाई लिएर महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस बिबिए ७औं सेमष्टरमा अध्ययनरत छात्र अङ्कित पोखरेलले स्वतन्त्र विद्यार्थी युनियनको सभापति जसवन्त पौडेलको सहयोगमा उच्च अदालत बिराटनगरमा मुद्धा दर्ता गरका छन् ।




