काठमाडौं । इञ्जिनियरहरुको छाता संगठन नेपाल इञ्जिनियर्स एसोसियसनका लागि नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) ले आफनो प्यानल घाेषणा गरेको छ।
बुधबार ललितपुरमा उमेदवारी घाेषणा सभा गर्दै प्यानल नै सार्वजनिक गरेकाे हाे।
घाेषणासभामा बाेल्दै अध्यक्षका उमेदवार बरालले आफ्नाे २४ वर्ष लामाे पेशागत अनुभवलाई संस्थाकाे गरिमा वृद्धि गर्न, इञ्जिनियरहरूकाे हकहितकाे रक्षा गर्दै देश निर्माणमा प्रयाेग गर्ने बताए। सिडेनले नेपाल इन्जिनियर्स एसाेसियसनकाे सबलिकरण, इञ्जिनियरहरूकाे क्षमता अभिवृद्धि तथा पेशागत सहयाेग, एकता सहकार्य तथा गुणस्तरसहितकाे सामाजिक आदर्श निर्माण र हकहितकाे संरक्षण तथा पैरवी गर्ने प्रतिवद्दता पनि सार्वजनिक गरेकाे छ।
इञ्जिनियर सुवास चन्द्र बराल अध्यक्ष, इ.प्रकाश केसी उपाध्यक्ष र विनोद प्रकाश पण्डित महासचिव छन्। अध्यक्षका उमेदवार चितवन निवासी बराल २ दशकदेखि उर्जाक्षेत्रमा सक्रिय रहँदै आएका छन्। महासचिव पण्डित सिडेनका पूर्वमहासचिव समेत हुन्।
भदौ २८ गते ३४ औं कार्यकारिणी समिति र तेस्रो प्रादेशिक कार्यकारिणी समितिका लागि निर्वाचन हुँदैछ। लोकतान्त्रिक समुहले सहमतिमै प्यानल टुंगो लगाएको हो। इन्जिनियरिङ एसोसियसनमा यसअघि लोकतान्त्रिक समूहको प्यानलनै विजयी भएको थियो।
त्यस्तै बाग्मति प्रदेश तेस्राे प्रदेश कार्यकारिणी समितिका लागि इञ्जिनियर बलराम पुडासैनी अध्यक्ष, विभूषण चालिसे उपाध्यक्ष,सचिवमा विवेक श्रेष्ठ, सहसचिवमा दिपक भट्ट, काेषाध्यक्षमा निर्मला लामा तामाङ र प्रदेशबााट प्रदेश प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यमा मेघनाथ ढकाल लगायतकाे प्यानल घाेषणा भएकाे छ ।
यी हुन् उम्मेदवार
अध्यक्ष : सुवास चन्द्र बराल
उपाध्यक्ष : प्रकाश केसी
महासचिव : विनोद प्रकाश पण्डित
उपमहासचिव : अनिल मानन्धर
कोषाध्यक्ष : सुमन थापा
सहकोषाध्यक्ष : कृष्णप्रसाद पोखरेल
सदस्यहरु : यम कृष्ण पौडेल, प्रभुराम पोखरेल, एमेन्द्र गुरुङ्ग, अनिल पौडेल, संजय कुमार साह, नेत्र प्रसाद देवकोटा, भैरव धिताल, सुजन श्रेष्ठ, लोकेन्द्र अधिकारी, विक्रम कुमार दास, प्रियंका गुप्ता, जय किसुन राय



