काठमाडौँ :— स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयले अघि सारेको स्वास्थ्य बिमा सुधार कार्यक्रमलाई पार्टीले अपनत्व लिएर अघि बढाउन आग्रह गरेका छन् ।सोमबार कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै मन्त्री पाौडेलले आफूले आइतबार मन्त्रीका हैसियतमा सार्वजनिक गरेको स्वास्थ्य क्षेत्रका प्राथमिकता तथा कार्ययोजनामा स्वास्थ्य बिमाको दायरा ५ लाख पुर्‍याउने विषय समेटेको उल्लेख गर्दै यसका लागि श्रोत सुनिश्चित गर्न सकिनेबारे व्याख्या गरे ।

उनले ४० अर्ब हाराहारीमा बिमाका लागि श्रोत जुटाउन सकिने भन्दै आफ्नो पार्टीकै पालामा अघि बढेको कार्यक्रम सुधारका लागि आफूले अघि सारेको कार्यक्रमलाई अपनत्व लिएर अघि बढाउनेबारे प्रस्ताव गरे । मन्त्री पौडेलले भने, ‘मन्त्रालयले अघि सारेको प्राथमिकता र कार्ययोजना अन्तर्गतको बिमा सुधार योजना कार्यान्वयन गर्ने निर्णय गरेर प्रोत्साहित गर्न अनुरोध गर्दछु ।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको