काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले संविधान संशोधनको बिषयलाई हल्काफुल्का रुपमा लिन नहुने बताएका छन् । कांग्रेसकाे  केन्द्रीय समितिको बैठकमा आइतबार आफ्नो धारणा राख्दै नेता सत्तारले यसबाट पर्न सक्ने दीर्घकालीन असरबारे सबै तह र तप्कासंग गम्भिर छलफल आबश्यक रहेकाे  बताएका हुन् ।  ‘भोली काग्रेसले संविधान भत्कायो भन्ने सन्देश गयो भने के हुन्छ ?’ उनले भने ।

नेता सतारले कांग्रेस सबैभन्दा ठुलो पार्टी भएको कुरा जनताले अनुभूत गर्न नपाएको उल्लेख गर्दे नेतृत्व जनताका सबालमा अनभिज्ञ जस्तै रहेको टिप्पणी गरे । उनले भने ` किन ठुलो पार्टी हुदाँ पनि हामी अन्य दलको सहयोगीको भूमिका मात्र देखिऔ ।’
नेता सतारले तल्ला तहका हजारौ नेता तथा कार्यकर्तालाई बिभिन्न मुद्धामा फसाईएको गुनासो आफुले सुनेको जानकारी गराउँदै यस बिषयमा तत्काल कार्यदल बनाएर समस्याको समाधान खोज्नु पर्ने सुझाब दिए ।  ‘कार्यकर्ताको मनोबल खस्किएको छ , मनोबल नउकास्ने हो भने नेता र जनताको मात्र होईन नेता र कार्यकर्ताको पनि दुरी बढ्छ ’, उनले भने ।

नेता सत्तारले कांग्रेस राजनीति भूमरीमा फसेको उल्लेख गर्दे कहिले माओवादीले कहिले एमालेले काग्रेसको काधमा बन्दुर राखेर पड्काएको गुनासो गरे । अब कांग्रेसलाई कुन बाटो बाट कहाँ पुर्‍याउने भन्ने तय नभएको भन्दै महाधिबेशन , महासमिति र केन्द्रीय समितिले निर्देश गर्न नसकेको पनि सत्तारले बताए । उनले भने, ‘जनताले एटिएम मेसिनबाट जस्तो परिणाम खोजेका छन् अब ईतिहास मात्र देखाएर जनताले पत्याउदैनन्।’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको