काठमाडौं : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले जनतामा रहेको निराशालाई आशामा परिणत गर्न सके मात्रै एमालेसँग सरकार बनाउनुको औचित्य पुष्टि हुने बताएकी छन् । कांग्रेसको आजको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै उनले अहिलेको गठबन्धनको ओचित्य पुष्टि गर्न पनि सरकारले राम्रो काम गर्नुपर्ने बताइन् । उनले पार्टी माथिदेखिनै सुधार गर्नुपर्नेमा पनि जोड दिइन् ।

‘जनतामा व्यापक निराशालाई आशामा परिणत गर्नसके मात्रै संयुक्त सरकार गठनको औचीत्य पुष्टि हुन्छ । यो सरकारले गम्भीर भएर यो विषयमा काम गरोस् ,’ गौतमले बैठकमा भनिन् । त्यस्तै उनले महिलालाई संविधानले दिएको अधिकार पनि सुरक्षित हुन नसकेको बताइन् । विभिन्न स्थानमा महिला प्रतिनिधित्व हेर्ने हो भने टिठलाग्दो अवस्था रहेको उनको भनाई थियो । त्यस्तै नेतृ गौतमले अहिलेकै जसरी भातृ संस्था चल्ने हो भने सोचेजस्तो पार्टी संगठन निर्माण नहुने पनि बताइन् ।

भातृ संस्थाभित्र एकआपसमा कुटपिट गर्ने र बोलचाल नहुने अवस्था दुखद् भन्दै उनले पार्टीको नर्सरीका रुपमा रहेको भातृ संस्थालाई गतिशिल बनाउन ध्यान दिनुपर्नेमा जोड दिइन् । त्यस्तै, उनले जनप्रतिनिधि र पार्टीबिचको सम्बन्ध हार्दिक नहुँदा संगठनलाई क्षयीकरण भइरहेको भन्दै पार्टी र जनप्रतिनिधिबीचको दरार कम गर्न पनि पार्टीले ध्यान दिनुपर्ने धारणा राखिन् । सामाजिक सञ्जालबाट धारणा बनाउनेहरुको सँख्या बढिरहेको भन्दै उनले सामाजिक सञ्जाल प्रयोग गर्नेबारे पनि पार्टीले ध्यान दिनुपर्ने सुझाव दिएकी छन् ।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको