
काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले नर्सिङ शिक्षामा छोरीहरूलाई ५० प्रतिशत छात्रवृत्ति दिने भएकाे छ । नगरपालिकाकाे `गाेकर्णेश्वर नगर छाेरी नर्सिङ शिक्षा कार्यक्रम अन्तर्गत छात्रवृत्ति दिन लागिएकाे मेयर दीपक रिसालले बताए ।
नगरपालिकाले पीसीएल नर्सिङ अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति दिने भन्दै त्यसका लागि नगरवासीलाई नागरिकताकाे प्रमाणपत्र वा मतदाता परिचयपत्रसहित नगरपालिकामा सम्पर्क गर्न आव्हान गरिएकाे छ ।
नगरपालिकाका प्रमुख दीपक कुमार रिसालले, यो कार्यक्रमले नर्सिङ क्षेत्रमा नेपाली छोरीहरूको सहभागिता बढाउने र उनीहरूको भविष्य उज्ज्वल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।