काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले धेरै विद्यार्थीहरु बाहिर गए रेमिट्यान्स घट्ने समस्या हुने बताएका छन्।

विहीबार कानून, न्याय तथा मानव अधिकार समितिमा भएको बैठकमा उनले विद्यार्थीहरुलाई पढ्नको लागि कहिले पनि रोक नलगाएको भन्दै यसरी नै चल्ने हो भने देशमा रेमिट्यान्स घट्ने समस्या हुने बताए।

उनले भने, ‘विद्यार्थी बाहिर देशमा गएर पढ्ने कुरा पहिला पनि रोकिएको थिएन्। अहिले पनि रोकिएको छैन्। उतै बसोबास गर्ने, काम गर्ने गर्छन्। तर धेरै विद्यार्थी जान थालेभने रेमिट्यान्स घट्दा समस्या हुन्छ। त्यही भएर यसमा विचार गर्नुपर्छ। १२ कक्षासम्मका बच्चाहरुलाई सिधैँ सुविधा दिएर बाहिर जाने व्यवस्था गर्दा धेरै राम्रो हुदैँन्।’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको