हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले जनतालाई सुशासनको प्रत्याभूति दिलाउने गरी सरकारको कामकाज अघि बढाउने बताएका छन्।

मुख्यमन्त्री लामाले नागरिकको अपेक्षा अनुसारको विकास र सेवा प्रवाहमा प्रदेश सरकार संवेदनशील भएर अघि बढ्ने बताएका हुन्। बुधबार पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री लामाले जनताको आवश्यकता अनुसारको योजनामा काम गर्ने बताए।

सुशासन र वित्तीय अनुशासन कायम गरी गरिब निमुखीका लागि प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रहरूमा प्राथमिकता दिएर काम गर्ने उनको भनाई छ। प्रदेश सरकारले उत्पादनमूलक क्षेत्रमा लगानी गरी नागरिकको आयआर्जन वृद्धिमा जोड दिने मुख्यमन्त्री लामाले बताए।

मुख्यमन्त्री लामाका अनुसार संविधानको व्यवस्था अनुसारको अधिकार कार्यान्वयनमा प्रदेश सरकार गम्भीरताका साथ अघि बढ्नेछ। प्रदेशको एकल अधिकारलाई सुनिश्चित गर्ने सरकारको प्राथमिकतामा रहेको उनले बताए। सङ्घ, प्रदेश र स्थानीय तहको कानुनलाई समन्वयकारी बनाएर आर्थिक समृद्धिमा अगाडि बढ्ने मुख्यमन्त्री लामाको भनाई छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको