काठमाडौं । पूर्वमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले, विपद् घटनालाई लिएर राज्यले वृहत रुपमा सोच्न आग्रह गरेका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले गए रातिको अविरल वर्षाका कारण नार्गाजुन वडा नं ४ बाढीका कारण बासिन्दाहरु समस्यामा परेको भन्दै सरकरालाई उचित संरक्षणको माग गरे ।
उनले भने,‘हिजो रातिको अविरल वर्षाका कारण नार्गाजुन वडा नं ४ मा जनताहरु पीडित भएका छन् । त्यहाँ राम्रोसँग काम भएको भए बाढी बस्तीमा पस्ने थिएन् । विपद्को लागि राज्यले अलि वृहत रुपमा सोच्ने बेला भएको छ । खाली सानो तिनो राजनीतिक मुद्दाहरुमा होइन अरु विषयमा राष्ट्रिय सहमति हुनुपर्छ । तत्काल सहरी विकास मन्त्रालयलगायतको सरकारी टोलीबाट उचित संरक्षण होस भन्ने माग गर्दछु ।’

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको