काठमाडौं : उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताकाे चाहना र देशकाे आवश्यक्ताअनुसार संविधान संशोधन हुनसक्ने बताएका छन् । सहिद स्मृति प्रतिष्ठानले साेमबार आयाेजना गरेकाे `वर्तमान संविधान र समाजवादउन्मुख लाेकतन्त्र´ विषयक विचार गाेष्ठी र श्रमिक विमर्श विशेष स्मारिका विमाेचन कार्यक्रममा बाेल्दै नेता सिंहले प्रक्रिया पूरा गरेर संविधान संशोधन गर्न सकिने बताएका हुन् ।

`याे संविधानकाे विशेषता नै प्रक्रिया पूरा गरेर संविधानका धारा जनताकाे माग र समयकाे आवश्यकता अनुसार संशाेधन गर्न सकिने प्रावधान हाे । जनताकाे माग र देशकाे आवश्यकताअनुसार संविधान संशाेधन हुन सक्छ´, उनले भने,`३ तहकाे सरकारले अधिकारसम्पन्न भएर काम गरेकाे भए याे तहमा पुग्दैनथ्याै भन्ने मलाई लाग्छ ।´

संघ, प्रदेश र स्थानीय ३ तहकाे सरकार अधिकार सम्पन्न नहुँदा अहिलेकाे जटिल अवस्था सिर्जना भएकाे भन्दै उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले राेजगारी सिर्जना गर्ने, उद्याेग सञ्चालन गर्ने र अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउनु सरकारकाे प्राथमिकता रहेकाे बताए ।

अहिलेकाे परिस्थिति सुधार गर्न र जनतालाई राहत दिन कांग्रेस एमालेसहित साना दल सम्मिलित सरकर गठन भएकाे पनि उनकाे भनाई थियाे । नेता सिंहले अहिलेकाे अवस्थाबाट राम्राे गर्नका लागि सरकार प्रतिवद्द रहेकाे बताए ।उनले आफ्नाे पुस्ता विपी काेइरालासँग उठवस गर्न पाएकाे पुस्ता रहेकाे भन्दै विपि उहाँ बहुआयामिक व्यक्तित्व रहेकाे समाजवादी नेताका रूपका अन्तर्राष्ट्रिय रूपमा पहिचान भएकाे नेताका रूपमा स्मरण गरे ।

कार्यक्रममा कांग्रेस पूर्वमहामन्त्री शशांक काेइरालाे विपि काेइराला अत्यन्त व्यवहारिक नेता भएकाे बताए ।

त्यस्तै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले संविधान संशाेधन प्राप्त उपलब्धि खाेस्ने हाेइन, थप बलियाे बनाउनका लागि हुने बताए ।`समावेशीता कटाैती हुँदैन । अझ भाइब्रेन्ट बनाउने हाे । महिला, दलित, अरू वर्ग समूहकाे सहभागिता सुनिश्चित गर्ने गरि संशाेधन गर्न सकिन्छ ,´ उनले भने, `अर्थतन्त्रकाे जटिलताकाे जगमा अस्थिरता छ । त्यसलाई हटाउन गरिएकाे पछिल्लो प्रयाेग चुनाैतिपूर्ण छ । तर सफल पार्नुपर्छ । जनतामा आशा जागेकाे छ । गर्न सकिन्छ । ´

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको