काठमाडाै‌ ।  उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेट भएको छ।

मंगलबार बिहान सिंहदरबारस्थित मन्त्रालय पुगेर राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई भेटेका हुन्।

भेटमा राजदूत श्रीवास्तवले सिंहलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

सिंहसहित २१ जना मन्त्रीहरूले सोमबार शपथ लिएका थिए।

मन्त्री सिंहको कार्यकक्षमा भएको उक्त भेटमा उनीहरूबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो ।

उक्त मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पारस्परिक सहयोग अभिवृद्धिका निम्ति भारत सरकार तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको