बनेपा : नेविसंघ काभ्रेपलान्चोक जिल्ला समितिले माध्यमिक शिक्षा परिक्षा ( एस.ई.ई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ ।शनिवार बनेपामा कार्यक्रम गरेर ने.वि.संघ काभ्रेले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको हो । हरेक वर्ष नेविसंघ काभ्रेले एसईईमा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान गर्दै आएकाे छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, बाग्मती प्रदेशका पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा, नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पा लागतयले उनीहरुलाई सम्मानपत्र प्रदान गरेका थिए ।

नेविसंघले जिल्लामा सर्वोत्कृष्ट नतिजा (४ सिजिपिए) ल्याउने बनेपास्थित लिंकन इन्टरनेशनल स्कुलका छात्र स्मृती श्रेष्ठ, ३ दशमलव ९६ सिजिपिए ल्याउने प्रगति प्रभात एकेडेमीका चन्दनी पराजुली, ३ दशमलव ९६ सिजिपिए ल्याउने इनोभेटिभ एकेडेमीका विमोचना ढकाल, ३ दशमलव ९२ सिजिपिए ल्याउने गोल्डेन सिद्धार्थ एकेडेमीका प्रवेश ढकाल, ३ दशमलव ९१ सिजिपिए ल्याउने नेपाल पुलिस स्कुल साँगाका सम्भव अधिकारी र सिद्धार्थ इङलिस सेकेण्डरी स्कुल बनेपाका अभिषेक बञ्जारालाई सम्मान गरियो ।
सामुदायिकतर्फ उत्कृष्ट ३ दशमलव ८६ सिजिपिए ल्याउने भालेश्वर माध्यमिक विद्यालय, पनौतीकी अविना कार्की, सोही विद्यालयबाट ३ दशमलव ८३ सिजिपिए ल्याउने सुशान्त हुमागाई र ३ दशमलव ८३ सिजिपिए ल्याउने प्रभा माध्यमिक विद्यालय कात्तिकेदेउरालीका रिया गिरीलाई सम्मान गरियो ।

प्राविधिकधारतर्फ उत्कृष्ट ३ दशमलव ७९ सिजिपिए ल्याउने खाँडादेवी माध्यमिक विद्यालयका प्रतिजा श्रेष्ठ, ३ दशमलव ६८ सिजिपिए ल्याउने जनक माध्यमिक विद्यालय नमोबुद्धका श्रीखण्डराज खनाल, ३ दशमलव ६६ सिजिपिए ल्याउने सोही विद्यालयका राजिव यादव र ३ दशमलव ६० सिजिपिए ल्याउने सोही विद्यालयका कुशल खनाललाई सम्मान गरियो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले विद्यार्थीले प्राप्त गरेका सफलता परिवार, आफन्त, समाज, जिल्ला र राष्ट्रको नै भएको भन्दै भोलीको पुस्ताको असल नेतृत्व गर्न सक्ने बन्न सक्नुपर्ने तर्क गरे ।

बाग्मती प्रदेशका पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले उच्च शिक्षा सफलताको कामना गर्दै दक्ष जनशक्ति तयार भएर देशको सेवा गर्न अनुरोध गर्दै त्यसको लागि सघाउन तयार भएको बताए ।

नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले विद्यार्थी हकहितको लागि नेविसंघ सधै अग्रणी रहेको भन्दै एसईई उर्तीण सबैलाई आवस्यकता पर्दा सहयोग गर्न नेविसंघ सधै तयार रहेको बताए ।
नेपाल विद्यार्थी संघ काभ्रेका सभापति अञ्जनराज खतिवडाले गरिबीका कारण उच्च शिक्षाबाट बञ्चित हुने अवस्थामा आउन नेपाल विद्यार्थी संघले नदिने बताए । एसईई को नतिजा खस्कदो रहेकोमा चिन्ता व्यक्त गर्दै उनले सरोकारवाला सबैले त्यसको जिम्मेवारी लिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको