काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य निशा डाँगी पनि महामन्त्री मुकुल ढकालमाथि कारबाहीकै पक्षमा उभिएकी छन् । उनले ढकाललाई कारवाही गर्ने निर्णयमा आफूले हस्ताक्षर गरेको बताइन् ।

उनले भनेकी छिन्, ‘सञ्चारमाध्यममा ‘रास्वपा बैठकमा ५२ जनामध्ये निशा डाँगी मात्र मुकुलमाथि कारबाहीको विपक्षमा’ भन्ने शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ । महामन्त्रीमाथि कारबाही गर्ने केन्द्रीय समितिको निर्णयमा नै मैले हस्ताक्षर गरेकी छु ।’ ५२ केन्द्रीय सदस्यमध्ये उनी एकजनाले मात्रै कारबाहीको विपक्षमा उभिएको भन्दै केही सञ्चारमाध्यममा समाचार आएपछि उनले खण्डन गरेकी हुन् ।

बुधबार राति सञ्चारकर्मीको प्रश्नको जवाफमा कार्यवाहक प्रवक्ता मनिष झाले डाँगीबाहेक सबै सदस्य मुकुलमाथि कारबाहीको पक्षमा उभिएको बताएका थिए । तयसैका आधारमा समाचार आउका थिए ।
राष्ट्रिय स्वतन्त्रपार्टीले ढकाललाई कारवाही पछि कार्यवाहक महामन्त्रीको जिम्मा सहमहामन्त्री कबीन्द्र बुर्लाकोटीलाई दिएको छ ।

हिजो अबेरसम्म बसेको पार्टीको केन्द्रीय समितिको बैठकले अनुशासन र विधिको पालना नगरेको भन्दै ढकाललाई ७ दिन निलम्बन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको