काठमाडौैं । बिगमार्टले १५औं वार्षिकोत्सवको अवसरमा एक महिनासम्म विभिन्न छुट तथा उपहारको अभियान घोषणा गरेको छ । बिगमार्टले आफ्नो ग्राहकहरुको लागि १५ तोला सुन, १५ वटा स्मार्ट फोन, आकर्षक छुट र अफरहरु ल्याएको हो ।

१५औं वार्षिकोत्सवको छुट तथा उपहारको अभियान यही जुलाई महिनाभर सञ्चालन हुनेछ । जुलाई १, २०२४ देखि जुलाई ३१, २०२४ सम्म बिगमार्टको आउटलेटहरुमा गएर यो उत्सवको अभियानमा जो कोही पनि सहभागी हुन सक्नेछन् । १५ वर्षसम्मको अनवरत यात्रामा सधै साथ, समर्थन र हौसला दिने लाखौं ग्राहकहरुप्रति कृतज्ञता जाहेर गर्न बिगमार्टले यो अभियान संचालन गरेको हो ।

नेपालको खुद्रा बजारमा बिगमार्टले १५ वर्ष पार गरेको अवसरमा १५ जना भाग्यशाली ग्राहकहरूलाई १५ तोला सुन (प्रति व्यक्ती एक तोला) र १५ वटा स्मार्टफोन (प्रति व्यक्ती एक थान) प्रदान गरिनेछ । यो एक महिनाको अवधिमा बिगमार्टमा ७५० रुपैंया वा सो भन्दा बढीको किनमेल गर्ने ग्राहकहरु स्वतः भाग्यशाली ‘ड्र’ मा प्रवेश गर्नुहुनेछ । यसबाहेक बिगमार्टमा किनमेल गर्दा स्मार्ट क्यु.आर मार्फत भुक्तानी गर्ने ग्राहकहरुले १०% डिस्काउन्ट वा सय रुपैंया छुटमध्ये जुन कम हुन्छ त्यो तत्काल प्राप्त गर्नुहुनेछ । यो उत्सवको महाअभियानमा सबै ग्राहकहरुको लागि केही न केही छ भन्ने सुनिश्चित गर्न थुप्रै सामानहरुको मुल्यमा विशेष छुट दिइनेछ ।

१५ वटा स्मार्टफोन जित्नको लागि बिगमार्टका आउटलेटहरुमा राखिएका फोटोबुथमा आफ्नो फोटो खिच्नुपर्नेछ । बिगमार्टले आधिकारीक सोसल मिडिया पेजमा ती फोटोहरु अपलोड गर्नेछ । अपलोड गरिएका फाटोहरु आफ्नो सामाजिक संजालमार्फत सेयर गर्नुपर्नेछ ।

१५ औं वार्षिकोत्सवको भव्य अभियान र उत्सवमा सामेल हुन र उत्कृष्ट अफर तथा पुरस्कारहरू जित्नको लागि बिगमार्ट सबैलाई आमन्त्रित गर्दछ । बिगमार्ट नेपालको अग्रणी खुद्रा चेन हो, जसले किराना, ताजा उत्पादन, घरायसी वस्तुहरूसहित विभिन्न उत्पादनहरू उपलब्ध गराउँछ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको