काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीभित्रकाे विवाद चर्कँदै गएकाे छ । महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई अहिलेकाे अवस्था रहे पार्टी विवेकशिल बन्ने निष्कर्षसहितकाे प्रतिवेदन बुझाएका छन् । साे विषयलाई लिएर रास्वपाभित्र दुई धार देखिएकाे छ । रास्वपामा सदाबहार विपक्षी देखिएका केन्द्रीय सदस्य गणेश कार्की महामन्त्री ढकालविरूद्द आक्रामक देखिएका छन् । उनले अहिलेकाे अवस्था आउनुमा ढकाल पनि जिम्मेवार रहेकाे बताएका छन् ।

कार्कीले समानुपातिक सांसद छनाैटबाट पार्टी विग्रन शुरू भएकाे र त्यसमा ढकाल जाेडिएकाे बताएका छन् । विधि मिचेर, आममानिसलाई समेत गलत जानकारी दिएर श्रीमतीका साटो गर्लफ्रेन्डलाई सांसद बनाउने बाटो हुँदै नै हामीले परिवर्तन पाउने हो र ? तपाईहरू चुपचाप बसिदिनाले त्यो दिन घण्टीमा लागेको धब्बाको कालो अहिले पुरा घण्टीभर फैलिएको छ । तपाईहरू बोलिदिने हो भने हट्न सुरू हुन्छ ,´ कार्कीले लेखेका छन् । तर उनले कसले काे गर्लफ्रेन्डलाई सांसद बनाएचाहीँ खुुलाएका छैनन् । कार्की  लालकहादुर थापा समानुपातिक क्लष्टरबाट आफू सांसद हुनुपर्ने अडानमा थिए ।

 कार्कीले फेसबुकमा लेखेका छन् –

पार्टीभित्र यो ‘ओपन सेक्रेट’ हो । त्यो बेला १२ क्लस्टरमा प्राइमरी भएको कुरालाई ६ वटा क्लस्टर बनाएर आफ्नो मान्छे पार्न जति हतकण्डा अपनाइयो, त्यो बारेमा पार्टीमा सबैलाई थाहा छ । तर कोही बोल्दैनन् ।

हो, पार्टी बिग्रिन थालेको त्यहिँबाट हो । विधि फ्यालेर आफ्ना च्याप्ने हुँदा पनि कोही नबोलेर हो । पिछडिएको क्षेत्रबाट खसआर्य महिला ल्याउनु पर्ने भए पछि त्यसले खसआर्य खुला क्लस्टरको मान्छेलाई कसरी उछिट्याउँछ भनेर प्रश्न गर्ने कोही नभएर हो ।

यस्ता सानासाना कुराहरू जसले गलत गर्दै हिड्यो, उसका विरूद्धमा बोलिएन, बरू समर्थन गरियो । अनि उहि मान्छे अहिले पार्टी बिग्रियो भनेर सार्वजनिकरूपमा कराउँदै हिड्दा पनि मौनता ? यो नयाँपन होइन । पार्टीको कुरा पार्टीभित्र मिलाउनु पर्छ भन्दै आवाज थुन्ने र लाचार बस्ने परम्परागत प्रवृति हो । लालबहादुर थापा जीलाई धन्यवाद । उहाँले समानुपातिक सांसद छनौट हुँदै गर्दा पार्टी कार्यालयमा गएर आन्दोलन नै गर्नु भएको थियो । जसले समानुपातिक सांसद छनौट प्रक्रियालाई नै विधिबाट पर पुर्याएको थियो । ढिलो गरेर भए पनि आफ्नो गल्ति महसुस गर्नु भएछ । लेख्नु भएछ । यो भन्दा पहिले पनि केहि साथीहरूले केन्द्रीय समितिको बैठकमा नै गणेश कार्कीप्रति अन्याय गरियो, यो बैठकबाट माफी मागौँ भन्दा सो कुरा सबैको मौनताले पुरिदिएको पनि अहिले सम्झिरहेको छु । खासमा त्यो माफी मागिएको गणेश कार्कीका लागि थिएन, पार्टीको प्रवृति र चरित्रमा धब्बा लगाएर हामीलाई विश्वास गरेकाहरूप्रति गरेको घातका लागि माफी थियो ।

अहिले बालेनलाई सहयात्री मान्न पर्छ भनेर लेख्दै गर्दा गणेश कार्की बालेनको साथी हो, सांसद भयो भने यसले पार्टी फुटाउँछ भनेर अरूलाई बरालिदिएको सम्झना भो कि भएन होला ? सोच्छु ।

त्यो पढ्दै गर्दा साथीहरूलाई पार्टीले गरेका गल्तिप्रति आत्मलोचना गरौँ भन्ने लाग्यो कि लागेन होला ? अन्याय गरेको टुलुटुल हेरेर, अन्याय गर्नेहरूलाई नै शिरमा राखेर कुन नयाँपन पाइएला र ? कस्तो परिवर्तन ल्याइएला र ? विधि मिचेर, आममानिसलाई समेत गलत जानकारी दिएर श्रीमतीका साटो गर्लफ्रेन्डलाई सांसद बनाउने बाटो हुँदै नै हामीले परिवर्तन पाउने हो र ? तपाईहरू चुपचाप बसिदिनाले त्यो दिन घण्टीमा लागेको धब्बाको कालो अहिले पुरा घण्टीभर फैलिएको छ । तपाईहरू बोलिदिने हो भने हट्न सुरू हुन्छ । पक्का !

महामन्त्रीमाथि नै आराेप

रास्वपाका अर्का नेता लालविक्रम थापाले पनि महामन्त्री मुकुलमाथि नै प्रश्न उठाएका छन् । उनले आफ्नाे मान्छे समानुपातिक सांसद बनाउन खेल खेलेकाे आराेप लगाएका छन् । उनले लेखेका छन्-

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको