काठमाडौं । काठमाडौंका केही स्थानमा आज र भोलि विद्युत् आपूर्ति केहीसमयका लागि बन्द हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले मातातीर्थ सबस्टेसनबाट आपूर्ति भइरहेका फिडरहरूमा विद्युत् सेवा शनिबार र आइतबा दुई दिन पाँच घण्टा आपूर्ति बन्द गर्ने जानकारी गराएको छ।
मर्याङ्दी काठमाडौं २२० केभी प्रसारण लाइन आयोजनाबाट निर्माण भएको मातातीर्थ २२० केभीको नयाँ कन्ट्रोल रुममा काम गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति सेवा प्रभावित हुने भएको हो।
प्राधिकरणले शनिबार मातातीर्थ,सतुंगल, मच्छेगाउँ, फर्पिङ फिडर अन्तरगत बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ।
यस्तै, भोलि (आइतबार) पनि मातातीर्थ फिडरमा १० देखि १२, सतुंगल फिडर १२ देखि २, मच्छेगाउँ फिडर २ देखि ४ बजेसम्म र फर्पिङ फिडरमा ४ देखि ६ बजेसम्म विद्युत् आपूर्ति बन्द गर्ने सूचनामार्फत जानकारी गराएको छ।



