काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई काम गर्न दिन माग गरेका छन् । बिहीबार संसदको विशेष समयमा बोल्दै कांग्रेस महामन्त्री शर्माले न्यूरोडमा फुटपाथ विस्तार गर्ने काठमाडौं महानगरपालिकाका मेयर बालेनको काम ठीक रहेको बताए ।

कांग्रेस महामन्त्री शर्माले संघ र स्थानीय तहको द्वन्द्वको संघ बढी संयमित हुनुपर्ने पनि बताए । ‘न्यूरोडमा नागरिकको सुविधाका लागि सडकपेटी बढाउन जरुरी थियो, बालेनले जे गरेका थिए, ठीक गरेका थिए,’ शर्माले भने, ‘उनलाई त्यहाँ काम गर्न दिनुपर्छ, कुनै पनि हस्तक्षेप गर्ने कुराबाट संघ फिर्ता हुनुपर्छ ।’ त्यस्तै शर्माले संसदलाई हलुका अभिव्यक्तिकाे थलाे नबनाउन पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको