काठमाडौं : पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकालले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा सफाइ पाएका छन्। गत असारमा दायर मुद्दामाथि सुनुवाइ गर्दै बुधबार विशेष अदालतले अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगकाे दाबी नपुगेकाे भन्दै सफाइ दिने फैसला गरेको हो।

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो। ढकालविरुद्ध सम्पत्ति विवरणसँग अमिल्दो उच्चस्तरको जीवनयापन गरेको भन्दै अख्तियारले आराेपपत्र दायर गरेकाे थियाे ।

ढकालले साउन ०७४ देखि ०७९ सम्म एक करोड ४४ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति गैरकानुनी स्रोतबाट आर्जन गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। उनको वैध आय ६ करोड ३९ लाख हुनुपर्नेमा सात करोड ८४ लाखको सम्पत्ति भेटिएको अख्तियार दाबी पुष्टि हुनसकेन ।
११ असार ०८० मा उनीविरुद्ध मुद्दा दायर भएको थियो। ढकालले पशुपतिमा सुनको जलहरी चढाउँदा भ्रष्टाचार भएको प्रकरणमा पनि सफाइ पाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको