काठमाडौं । सरकार र प्रमुख प्रतिपक्षी दलबीच सहमति बन्न नसकेकाले संसदको पूर्वनिर्धारित बैठक पछि सरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा बैठक सरेको हो।

वार्षिक बजेट प्रस्तुत गर्न आज दिउँसो १ संसद्को बैठक बस्ने कार्यक्रम थियो। तर राजनीतिक कारणले २ घण्टा पर सरेको छ। संसद सचिवालबाट बसचिवालयका अनुसार सरकारको अनुरोधमा बजेट प्रस्तुतका लागि दिउँसो १ बजे निर्धारित सङ्घीय संसद्को संयुक्त बैठक अपराह्न ३ बजेका लागि तोकिएको हो।

यसअघि सभामुख देवराज घिमिरेले संयुक्त सदनको बैठक दिउँसो १ बजेका लागि निर्धारण गरेका थिए। आज बस्ने संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने कार्यसूची छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर