
काठमाडौं : मंगलबार कान्तिपुरका अध्यक्ष कैलाश सिराेहिया गिरफ्तार भएका छन्। उनी नागरिकता नम्बरमा गडबडीकाे आराेपमा गिरफ्तार भए। प्रहरी नियन्त्रणबाटै सिराेहियाले भने, `दुईटा रहादानी बाेक्ने गृहमन्त्री रवि लामिछाने र ३ वटा नागरिकता बाेक्ने संंसदका महासचिवलाई कारवाही हाेस्।´
अहिले गृहमन्त्रीको रवि लामिछाने र संसदका महमसचिव पदमप्रसाद पाण्डेय कहिले समातिन्छन् भन्ने स्टाटसले सामाजिक सञ्जाल तातेकाे छ। गृहमन्त्री रविसँग अमेरिका र नेपालकाे राहदानी एकसाथ रहेकाे स्वयं उनैले स्वीकारेका छन्। प्ररचण्ला सरकारलाई विश्वासकाे मत दिने लेनदेनमा महान्यायाधिवक्ता कार्यालयले साे विषयमा मुद्दा नचल्ने निर्णय गराइएकाे थियाे। त्यसविरुद्ध परेकाे रिट सर्वाेच्चमा विचाराधिन छ। दाेहाेराे राहदानीकाे मुद्दा गम्भीर फाैजदारी मुद्दा हाे।
के हाे रविकाे राहदानी विवाद ?
लामिछानले १० फागुन २०५० मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता प्रमाणपत्र लिएका थिए। अमेरिका गएपछि उनले २१ फेब्रुअरी २०१४ (तदनुसार ९ फागुन २०७०) मा त्यहाँको नागरिकता प्राप्त गरे। अमेरिकाको नागरिकता पाएपछि ११ मे २०१५ (२८ वैशाख २०७२) मा उनी नेपाल फर्किए र १३ जेठमा पुरानै नागरिकता देखाएर नेपाली राहदानी लिए। लामिछाने नेपाल फर्कंदा अमेरिकाको नागरिकता त्यागेका थिएनन्।
सर्वोच्च अदालतले ३ माघ २०७९ मा विदेशको नागरिकता लिनेहरुको नेपाली नागरिकता कायम नरहने व्याख्या गरेको छ। ‘कायम नभएको’ नेपाली नागरिकता देखाएर लामिछानेले नेपाली राहदानी लिएको भन्दै अनुसन्धान गर्न प्रहरीमा उजुरी परेको थियो। नेपालकाे कानुनले एकसाथ दाेहाेराे रादहानी लिनुलाई गम्भीर फाैजदारी अपराध मान्दछ।
पाण्डेकाे दाेहाेराे राहदानी
संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले दुईओटा नागरिकता र दुईथरी राहदानी बनाएकाे तथ्य बाहिर आएकाे छ। जन्म मिति २०३२ रहेको नागरिकताका आधारमा साधारण राहदानी र जन्म मिति २०२६ रहेको नागरिकताका आधारमा विशेष राहदानी लिएका पाण्डे अहिले संसदकाे महासचिव छन्। नागरिकता त्रुटीमा सिराेहिया समातिँदा २/२ वटा नागरिकता र राहदानी बाेक्ने रवि र पदम कहिले समातिन्छन् ? प्रधानमन्त्रीसँग सामाजिक सञ्जालबाटै जवाफ खाेजिएकाे छ।