काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कैलाश सिराेहियाकाे पक्राउ कानून विपरितकाे काम भनिएपनि आफूमाथिकाे प्रश्न राेक्ने प्रयास भनेका छन् । गृहमन्त्री रवि लामिछानेकाे सहकारी ठगि प्रकरणमा एकपछि अर्काे प्रमाण सार्वजनिक गरिरहेकाे कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैैलाश सिराेहियालाई आज पक्राउ गरिएकाे छ । उनीमाथि नागरिकताकाे विषयमा पक्राउ पुर्जी जारी भएकाे थियाे ।
कांग्रेस महामन्त्री थापाले कानुनमाथि काेही छैन भन्दै गल्ती गरे सिराेहिया सजायकाे भाागिदार हुनुपर्ने बताएका छन् । `प्रष्ट छु, कानूनभन्दा माथि कोही छैन र हुदैन । गल्ति गरेको छ भने जुनसुकै तहको जो सुकै होस्, जतिसुकै शक्तिशाली होस् सजायको भागिदार हुनुपर्छ,´ थापाले भनेका छन्, `म यसमा पनि प्रष्ट छु, आज कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कानून विपरितको काम गरेको भनेर पक्राउ गरेको भनिए पनि यो वदनियतपूर्ण ढङ्गले प्रतिशोध पुरा गर्न गरिएको बहाना मात्र हो । मुख्य कुरा, यो राज्य सत्ताको पहुँचको दुरुपयोग गर्दै आफूमाथि प्रश्न गर्नेहरूलाई रोक्न, विषयान्तर गर्न र आफ्नो अपराध ढाकछोप गर्न गरेको दुस्प्रयास हो। आफुमाथिका प्रश्न रोक्न यस्ता असफल प्रयास हिजो निरङ्कुशकालमा र सत्ता शक्तिको उन्मादमा धेरै पटक भएका हुन – हेक्का रहोस्।´

