
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरे रबर स्ट्याम्प बनेकाे आराेप लगाएका छन्।
प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे अवराेधकाबिच सभामुखले प्रक्रिया अगाडि बढाएका छन्। कांग्रेस सांसदहरू वेल घेराउ गरेर नारावाजी गरिरहँदा शर्मले सामाजिक सञ्जालमा लेखेका छन्,`संसदमा आज `सभामुख´ देखिन !
देखिरहेको छु- `रबर स्ट्याम्प´ बनाएर कसैले मर्यादाको चिरहरण गरेको अँध्यारो चित्र मात्र´ घिमिरे एमालेबाट सभामुख बनेका हुन्।