काठमाडौं । प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो।

तर, राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा दिउँसो २ बजे बोलाइएको बैठक पनि स्थगित गरिएको छ। सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार, अर्को बैठक जेठ ६ गते आइतबार बिहान ११ बजे बोलाइएको छ।

नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेत सहकारी प्रकरणमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको