काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बाेल्न दिएर समिति बनाउन कांग्रेससँग प्रस्ताव गरेका छन् । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवासँग यस्ताे प्रस्ताव गरेकाे पुष्टि गरे । प्रधानमन्त्रीकाे प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक रहेकाे भन्दै उनले साे विषयमा निर्णय गर्न कांग्रेस बैठक बस्ने बताए ।
कांग्रेसले गृहमन्त्री लामिछानेमाथि सहकारी अनियमिततामा छानविन समितिकाे माग गरिरहेकाे छ । संसदीय समिति जरूरी छैन भन्ने प्रधानमन्त्री समिती बनाउन तयार देखिएका छन् ।कांग्रेससँग छलफल भइरहेकाे भन्दै प्रधानमन्त्रीकाे आग्रहमा ११ बजेका लागि ताेकिएकाे संसद बैठक ४ बजेका लागि सारिएकाे छ ।