काठमाडौं । सहकारी ठगीमा संलग्नलाई कारबाही र हजारौँ बचतकर्ताको रकमको सुरक्षाको माग गर्दै नेपाल तरुण दलले विरोध प्रदर्शन गर्ने भएको छ ।
संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानविन समिति गठनको माग गदै आएको छ भने कांग्रेसकै भ्रातृसंस्था तरुण दलले सडकबाट दबाब बढाउने भएको हो ।
बुधबार काठमाडौंको माइतीघर मण्डलामा जम्मा भएर विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको तरुण दलका अध्यक्ष विद्वान गुरुङले जानकारी दिए । सोमबार केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्यो ।
`देशभरिबाट सहकारी पीडितहरूले हारगुहार गरिरहेको छन् । न्याय मागिरहेका छन् । तर, सरकार निरीह देखिएकाे छ । ठगकाे बचाउमा लागेकाे छ,´ तरूण दलका केन्द्रीय सदस्य राेशन पाण्डेले भने,` सहकारी ठगलाई कारबाही र बचतकर्ताको रकमको सुरक्षाका लागि सडक प्रदर्शनमा आउनुपर्ने अवस्था सरकारले सिर्जना गरेकाे छ ।´
बुधबार दिउँसो १२ बजे माइतीघर मण्डलामा तरूण दलले विराेध प्रदर्शन गर्दैछ ।



