हेटौँडा । बागमती प्रदेशसभाको अधिवेशन आजका लागि आह्वान गरिएको छ । बजेट अधिवेशनको रुपमा रहेको प्रदेशसभाको अधिवेशन बागमती प्रदेश सरकारको सिफारिशमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आह्वान गर्नुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी प्रकाश चापागाईँले प्रदेश प्रमुखको कार्यालयबाट प्रदेशसभाको अधिवशेन आज दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको अधिवेशन आह्वान गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाएको जानकारी दिनुभयो ।

प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिशमा प्रदेशसभाको बैठक प्रदेश प्रमुखले आह्वान र अन्त्य गर्ने संविधानमा व्यवस्था छ ।

यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन रुपमा रहने प्रदेशसभाको अधिवशेन वैशाख ३१ गतेका लागि आह्वान गर्न बागमती प्रदेशका प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो ।

यसैबिच बागमती प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आइतबार प्रदेशसभा सचिवालयममा बसेको छ ।

प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा आजबाट सुरु हुने प्रदेशसभाको अधिवेशनको कार्यसूची तय गर्नेलगायतका बारेमा छलफल गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको