काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप पाैडेलले सहकारी ठगीका विषयमा सरकार लाचार रहेकाे टिप्पणी गरेका छन्। गृहमन्त्री रवि लामिछानेले अघिल्लो सरकारले जीबी राई भगाएकाे अभिव्यक्ति दिएपछि प्रधानमन्त्री प्रचण्ठमाथि प्रश्न उठ्नुले सरकारकाे लाचारी देखिएकाे पाैडेलले बताए। उनले गृहमन्त्री दाेषी कि प्रधानमन्त्री भन्दै प्रश्न पनि गरेका छन्।

सहकारी ठगी प्रकरणमा आरोपित फरार व्यक्तिलाई लिएर एउटै सरकारका प्रधानमन्त्री र गृहमन्त्री बीचमा फरक मत आउनुले यस विषयमा सरकार कति लाचार छ भन्ने प्रष्ट देखिने उनकाे भनाई छ।

`गृहमन्त्री जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले सहकारी ठगीमा आरोपित व्यक्तिलाई अघिल्लो सरकारले भगाएको हो भन्ने, फेरि प्रधानमन्त्री स्वयंले त्यसको खण्डन गर्ने ´, उनले भनेका छन्, `गृह मन्त्रीले इंगित गरेका ‘हिजोको सरकार र आजको सरकार’को नेतृत्व गर्ने व्यक्ति पक्कै एउटै हुन भने सरकारको जवाफदेहिता खै ?
यस्तो गम्भीर विषयमा प्रधानमन्त्री र गृहमन्त्री बीचको विवादास्पद अभिव्यक्तिमा दोषी काे हो, प्रधानमन्त्री की गृहमन्त्री ?´

यहाँ प्रश्न अभिव्यक्ति कसले दियो भनेर एउटा व्यक्तिको ‘नाम र थर’ सँग मात्र जोडिएको छैन, राज्यको जिम्मेवार पद र निकाय सँग जोडिएको भन्दै नेता पाैडेलले भनेर `लाखौं नागरिकले बचत गरेको अरबौं रुपैयाँ ठगी गरेको यति ठूलो घोटालामा सरकार जिम्मेवार भएर दोषीलाई कारवाही गर्ने र बचत कर्ताको रकम फिर्ता गर्ने कार्यमा लाग्नुको सट्टा कहिले दोषीलाई क्लिनचिट दिन संसद्को दुरुपयोग गर्ने, कहिले राज्यका निकायको दुरुपयोग गर्ने, कहिले आफ्नै गृहमन्त्रीको अभिव्यक्तिको जिम्मेवारी समेत लिन नसक्ने ?´

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको