
काठमाडौं : गिरिबन्धु टि स्टेटको जग्गासम्बन्धि विषयलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कारवाही माग गरेका छन् । केपी ओली प्रधानमन्त्री रहेका बेला झापास्थित गिरिबन्धु चियाबगानको ३४४ विघा जग्ग साटफेर गर्न दिने निर्णय भएको थियो । जुन निर्णय सर्वोच्च अदालतले उल्टाइदिएको छ ।
‘अब तत्कालिन सरकारलाई कारबाहीको भागिदार बनाउनुपर्छ यो सरकारले । यो जग्गा अहिलेको अवस्थामा १० अरब भन्दा धेरै मुल्यको रहेको छ,’ बालेनले आज फेसबुकमा लेखेका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलाशले गिरिबनधु चिया बगानका बारे ओली सरकारको निर्णय सर्वथा अनुचित,अपरिपक्व,उधारो शर्तयुक्त भन्दै हदबन्दी छुटमा दिएको जग्गाको प्रयोजन समाप्त भएमा उक्त जग्गा सरकारले फिर्ता लिनुपर्ने फैसला गरेको छ ।
प्रचण्डमाथि कारवाही माग
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहालमाथि कारवाही माग गरेका छन् । आज सभामुखले बोलाएको प्रमुख सचेतकहरुको बैठममा शाहीले प्रधानमन्त्रीमाथि कारवाही माग गरेका हुन् । गृहमन्त्री रवि लामिछानेले शनिबार सहकारी ठग एवं आफ्ना पूर्व व्यापारिक साझेदार जीबी राईलाई अघिल्लो सरकारले भगाएको बताएका थिए । अघिल्लो सरकारकमो प्रधानमन्त्री पनि प्रचण्ड नै थिए । ‘देशको गृहमन्त्रीले भनेको कुरा त हामीले विश्वास मान्नैपर्यो । सहकारी ठग, अपराधीलाई भगाउने प्रधानमन्त्रीलाई कारवाही हुनुपर्छ । गृहमन्त्रीले पक्राउ पुर्जी जारी गर्नुपर्छ ।