काठमाडौं : शुक्रबार प्रतिनिधिसभाका गृहमन्त्री रवि लामिछानेलाई बाेल्न दिने सहमति भयाे । सहकारी ठगीमा मुछिएका लामिछानेमाथि संसदीय छानविन समितिकाे माग कायम राख्दै कांग्रेस लामिछानलाई अवराेध नगर्ने निष्कर्षमा पुगेकाे थियाे ।
वैशाख २८ बाट सुरु हुने बजेट अधिवेशनमा प्रमुख दलका शीर्ष नेताहरूलाई बोल्न दिने कार्यसूची बन्याे । त्यसबेला रास्वपाका सभापतिसमेत रहेका लामिछानेलाई बोल्न अवरोध नगर्ने कांग्रेसले बतायाे । शुरूमा एमाले अध्यक्ष केपी ओलीले बाेल्ने, त्यसपछि रास्वा सभापती लामिछाने बाेल्ने र रवि पछि कांग्रेसले बाेल्ने सहमति नजिक पुगे दलहरू । तर, अन्तिममा रविले बाेलेपछि कांग्रेसलाई बाेल्न नदिने डिजाईन बनेपछि कांग्रेस पूर्ववत अडानमै अडिएकाे महामन्त्री गगन थापाले बताए । बैठककाे शुरूमै कांग्रेस महामन्त्री गगन थापाले रविमाथि छानविन समिति नबनी बैठक चल्न नसक्ने बताए । तर, रविले बैठकपछि कांग्रेसले बाेल्न दिएन भन्दै प्रतिक्रिया दिए । रविले कांग्रेसका कारण हाेइन सत्तारूढ दलकै कारण बाेल्न पाएनन् ।
`हिजो कांग्रेसले संसदीय कार्वाही शुरु हुनासाथ गृहमंत्रीलाई बोल्न दिने र सो पछि आफ्नो धारणा राख्ने प्रस्ताव गर्दागर्दै कसको सल्लाहमा सभामुखले त्यसो गर्न चाहनुभएन ? प्रमुख प्रतिपक्षी दलको महामन्त्रीलाई ३ मिनेटको समय तोकेर किन अपमान गर्न खोज्नु’भो ?´ , कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले भने ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले फागुन २४ गतेदेखि गृहमन्त्री लामिछानेलाई संसद्मा बोल्न अवरोध गरेको थियो । गृहमन्त्री लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को धारणा सुनेर चित्त नबुझाएको कांग्रेसले संसदीय छानबिन समितिलाई बटमलाइन बनाएको छ ।



