काठमाडौं । सत्तारुढ घटक नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले माइतीघर मन्डलामा राष्ट्रियताका लागि युवा दबाब कार्यक्रम सम्पन्न गरेको छ।

नेकपा (एस) का युवाहरुले राष्ट्रियतालाई बलियो बनाउन, जनजीवनलाई सहज बनाउन साथै भ्रष्टाचार र बेथितिको विरुद्ध “हाम्रो नोटमा हाम्रै देश-आन्तरिक मामिलामा नगर हस्तक्षेप” “नेपालको पश्चिमसम्मको भेग, लिम्पुवाधुरा र लिपुलेख!” “उठौ युवा एकै साथ-रोकौ भारतिय विस्तारवाद !” “MCC के हो? व्याख्यात्मक टिप्पणी के भो?” लगायतको नारा लिएर ४०० बाइक र्याली गर्दै माइतीघरमा कोर्न सभा गरि समापन गरेका छन्।

नेपालले एक सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राख्दा भारतले अतिरन्जना गरि रहेको कारण नेपालको स्वभिमानलाई उच्च राख्नका लागि युवा दबाब कार्यक्रम गरेको युवा संघका नेता बिशाल लामाले बताएका छन्।

उक्त सभालाई युवा संघका अध्यक्ष कृष्ण विक, प्रवक्ता सन्जिप राई लगायतले सम्बोधन गरेका थिए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको