इलाम: इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । कांग्रेसका डम्बर खड्कालाई ५ हजार बढी मतले पछि पार्दै नेम्वाङ विजयी भएका हुन् ।

सुहाङले २७ हजार ७ सय ७२ मत ल्याउँदा कांग्रेसका डम्बर खड्काले २१ हजार ९ सय ४२ मत ल्याए । एमाले उमेदवार नेम्वाङलाई माओवादीले साथ दिएकाे थियाे । राष्ट्रिय स्वतन्त्र पार्टीले ५ हजार ५० मत मात्र पायाे ।

इलाम २ मा ०७९ मा सुवास नेम्वाङ ११४ मतान्तरले निर्वाचित भएका थिए । उनकाे निधनपछि उपनिर्वाचन भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको