इलाम । इलाम क्षेत्र नम्बर २ मा भएको उप निर्वाचनको जारी मतगणनामा एमाले – माओवादी गठबन्धनका उम्मेद्वार सुहाङ नेम्वाङले मतान्तर बढाउदै अग्रता लिइरहेका छन् । नेपाली कांग्रेस १९२४ मतले पछि परेको छ । कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पछि पार्दै नेम्वाङले निरन्तर अग्रता बढाइरहेका छन् ।
१७ हजार तीन सय ७५ मत गणना हुँदा सुहाङ नेम्वाङले ७ हजार ३३ मतसहित अग्रता कायम गरेका छन ।अहिलेसम्म जारी मतगणनामा कांग्रेसको रूखले ५१०९ मत प्राप्त गरेको छ । त्यस्तै पहिचानवादीको मुढाले ३५१३ मत प्राप्त गरेको छ ।र राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टीले पनि एक हजार मत कटाउन सफल भएको छ । घण्टीले ११०२ मत प्राप्त गर्दै चाैंथाे स्थानमा छन् ।
उता, बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा १ तर्फको उपचुनाव अन्तर्गत जारी मतगणनामा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह अग्रस्थानमा छन्। पछिल्लो मतपरिणाम अनुसार उनले २६४ मतान्तरले अग्रता कायम राखेका छन्। पछिल्लो मत परिणाम अनुसार कांग्रेसका सिंह ७ हजार ४९२ मत मतसहित अग्रस्थानमा छन्। उनलाई नेकपा एमालेका दमनबहादुर भण्डारीले ७ हजार २२८ मतसहित पछ्याइरहेका छन्।



