इलाम । उपनिर्वाचन भएका इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) को मतगणना आज सुरु गरिंदैछ ।
इलामको मतगणना बिहानदेखि सुरु गर्ने तयारी छ । मतगणना इलाम सदरमुकामको गौतमबुद्ध सभागृह हुनेछ । हिजाे सम्पन्न निर्वाचनमा इलाममा ६०% र बझाङमा ५० प्रतिशत मत खसेकाे छ । मूलत दुवै स्थानमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने ठानिएकाे छ । निर्वाचन आयाेगले गणना शुरू भएकाे १२ घण्टाभित्र परिणाम आउने बताएकाे छ ।

