काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आज भित्तेपात्रो सार्वजनिक गरेका छन्।

गोरखामा जन्मेर काठमाडौंमा पत्रकारिता गरिरहेका पत्रकारहरुको समाजले प्रकाशन गरेको भित्तेपात्रो सार्वजनिक गर्दा परराष्ट्रमन्त्री श्रेष्ठले देशको भूराजनीतिको सम्वेदनशीलतामाथि पनि चर्चा गरेका थिए।

गोरखामै जन्मेका श्रेष्ठले देशकोे राजनीतिक परिवर्तनमा गोरखा जिल्लाको निकै ठूलो योगदान रहेको चर्चा गरे। उनले राजनीतिक परितर्वतनको औचित्य पुष्टि हुनेगरी आर्थिक समृद्धिको यात्रामा क्रियाशील हुनुपर्ने पनि बताए।

उनले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्नेमा जोड दिँदै शान्ति प्रक्रियाको बाँकी काम पूरा नगरी मुलुकमा दीगो शान्ति कायम हुन नसक्ने दावी गरे।

पछिल्लो समय विश्व परिस्थितिमा ठूलो बदलाव आएको उल्लेख गर्दै उनले भू–राजनीतिक अवस्थालाई ख्याल गर्दै कूटनीतिक श्रेष्ठता हासिल गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको